Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

५०० परिवार श्रीलंका टापुमा फसे

साउन, १८ काठमाडौं । कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् । श्रीलंका टापुमा फसेकाहरुको उद्दाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली सक्रिय छ ।

प्रमुख जिल्ला अधिकारी यादवले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताए । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवले बताए ।

यसैबीच कटान गरिएको क्षेत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com