Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा शुरु

काठमाण्डौ – विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ मिटर लामो जहाजमा सात हजार ६ सय यात्रु बस्न सक्छन् ।

दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण सम्पन्न भएको २० तले पानी जहाजमा सात वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड तथा ४० भन्दा धेरै रेष्टुरेन्ट तथा बारहरु रहेका छन् । वातावरणविद्हरूले भने तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हानिकारक मिथेन ग्यास हावामा चुहावट गर्ने चेतावनी दिएका छन् ।

मिथेन ग्यासले कार्वनडाइअक्साइडको तुलनामा ८० गुणा बढी तापक्रम समात्छ । त्यसैले पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न मिथेन ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com