Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

तिहार आयो, मादलको माग ह्वात्तै बढ्यो

कार्तिक,२२ काठमाडौं । तिहार पर्व नजिकिँदै गर्दा नेपाली मौलिक बाजा मादलको माग ह्वात्तै बढेको छ। तिहारमा देउसी(भैलो खेल्ने परम्पराले गर्दा अरू बेलाभन्दा तिहारमा मादलको माग बढी हुने गरेको छ।

काठमाडौंको क्षेत्रपाटीस्थित एक मादल बनाउने कारखानामा पुग्दा त्यहाँ चाङ लगाएर मर्मत गरिरहेको भेटियो। धादिङका सानु पुलुका तीनभाइ मिलेर चलाएको अन्जान एन्ड आशिष म्युजिक सपमा उनीहरूले नयाँ मादल बनाउनेदेखि पुरानो मर्मत-सम्भार समेत गर्ने गर्छन।

बिगत १५ वर्षदेखि सोही स्थानमा मादल व्यवसाय गर्दै आएका यी दाजुभाइ हिजोआज मादलको व्यापार खस्केको बताउँछन। पोहोरसम्म आफूहरूले काम गर्न नभ्याएर काम गर्ने मान्छेहरू राख्नु परेको अनुभव सुनाउँदै यसपटक उतिसारो माग नआएको बताउँछन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com