Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आफ्नै छोराले गरे बुवाको हत्या

भदौ,१२ काठमाडौं। पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

पारिवारिक झगडा भएपछि हिजो राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।

घटनाबारे स्थानीयले आज बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com