Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा

असार, ३० काठमाडौं । काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको छ ।
हिजो साँझ काठमाडौं प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले बतायो । यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकैपटक ६ क्यासिनोमा छापा हानेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड, छाँया सेन्टरको क्यासिनो वाल्डो, होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमा छापा हानेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com