Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

काठमाण्डौ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद हिजोदेखि उहाँको मुद्दा फेरि सुनुवाइ शुरु भएको हो । इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतन्याहूमाथि घूस, जालसाजी र विश्वासघातको आरोप छ । लिकुड पार्टीका मन्त्री डेभिड अम्सालेमले युद्धको समयमा प्रधानमन्त्रीमाथि लागेको मुद्दाको कारबाही प्रकृया शुरु गर्नु ‘अपमानजनक’ भएको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलमा आक्रमण गरेपछि निरन्तर लडाइँ चलिरहेको छ । नेतन्याहू र उहाँका सहयोगीले आरोपहरू राजनीतिकरुपमा प्रेरित भएको तर्क गर्दै न्यायिक सुधारको प्रस्ताव गरेका छन् ।

यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ । सन् २००७ देखि २०१६ को बीचमा नेतन्याहूले एक लाख ९५ हजार अमेरिकी डलर बराबरको उपहार प्राप्त गर्नुभएको थियो । उहाँले उपहारहरू मित्रबाट स्वीकार गरेको र आफूले नमागेको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com