पूर्वसांसद खेमराज भट्टको निधन
असोज,५ काठमाडौं । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा निधन भएको छ। वीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ‘मायालु’ को उपचारकै क्रममा हिजो राति निधन भएको उनका भाइ छविलाल भट्टले बताए ।
गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालु २०५६ सालमा बर्दिया क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
विसं २००४ मा डडेल्धुराको डुङरी भन्ने ठाउँमा जन्मिएका मायालुले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए। विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पत्ति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए।