Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

काठमाण्डौ – प्रहरीले  होली पर्व मनाउने क्रममा हिजाे जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई सय ६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई  परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।’ 

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले हिजाे छ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जाँडरक्सी खाएर  गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई  माेटरसाइकल, स्कुटर  चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com