Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

५५० जना बच्चा जन्माउन वीर्यदान गर्ने व्यक्ति ठग भएको ठहर, अदालतले दियो चेतावनी

नेदरल्यान्ड्सका एक ४१ वर्षीय पुरुषले ५५० जना बच्चा जन्माउन वीर्यदान गरेपछि अदालतले अबदेखि भने वीर्यदान नगर्न चेतावनी दिएको छ ।

बीबीसीका अनुसार जोनाथन नाम गरेका ४१ वर्षीय पुरुषले अबदेखि वीर्यदान गरेको पाइएमा उनलाई १ लाख युरोभन्दा धेरै रकम जरिवाना हुने द हेगस्थित अदालतले बताएको हो ।

सन् २०१७ मै उनले १०० भन्दा धेरै बच्चा जन्माउनका लागि भूमिका निर्वाह गरेका थिए जसकारण नेदरल्याण्ड्सका प्रजनन क्लिनिकहरूमा उनलाई वीर्यदान गर्न प्रतिबन्ध लगाइयो ।

तर उनले विवरण लुकाउँदै विदेशमा र अनलाइनमार्फत वीर्य दानको काम जारी राखेको पाइएको छ । यतिबेला अदालतले उनलाई वीर्य प्रदान गरेका क्लिनकहरूको सूची उपलब्ध गराउन र तिनलाई उनको वीर्य नष्ट गर्न भनेको छ ।

नेदरल्याण्ड्सको कानुन अनुसार एकजना वीर्यदाताले १२ परिवारमा २५ जना भन्दा धेरै बच्चाका लागि बाबु बन्न मिल्दैन ।

तर ती पुरुषले भने सन् २००७ मा वीर्यदान गर्न सुरु गरेयता ५५० देखि ६०० बच्चा जन्माउन सघाएका छन् । उनले महिलाहरुलाई आफूले कहिल्यै वीर्यदान नगरेको बताउने गरेको पाइएको छ ।

यसरी संसारभर धेरैभन्दा धेरै बच्चा जन्माउन वीर्यदान गर्दा प्राकृतिक दाजुभाइ–दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना हुन्छ । बीबीसी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com