Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

क्याम्पस गइरहेका विद्यार्थीको बसको ठक्करबाट मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ।
आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको हो।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

उनकाअनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे।
घर सिसैयाबाट साइकलमा कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए।
घटनाको विरोधमा आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन्। प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com