Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने

काठमाडौं १० चैत ।निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका ला ि२ करोड मतपत्र छाप्ने तयारी गरेको हो । आज आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिएका छन ।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको जानकारी दिएका छन ।

निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको हो । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको हो । यस्तै मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com