Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

भदौ,२४ काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिका सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीमा जाहेरी परेको छ।
नगरपालिकाको वडा नं. १ को सुखड हेलिप्याडमा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएको जाहेरी दिइएको हो।

भदौ २१ गते राति ती बालिकालाई ४ जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्। काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरी पत्रमा उल्लेख छ।

आरोपितमध्ये तीन जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com