Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

आईएमई लुटपाट गर्नेमध्ये एक जना पक्राउ, ६ लाख नगद र ठुलो मात्रामा सुन बरामद

सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको आइएमई काउन्टरमा लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । प्रदेश नम्बर १ का डीआइजी सुदिप गिरीले लुटपाटमा संलग्नमध्ये एक जना पक्राउ परेको पुष्टी गरेका छन् ।

सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमई काउन्टरबाट नगद र गरगहना लुटिएको थियो । नगद र गरगहना गरी करिब ९ करोड मूल्य बराबरको लुटपाट भएको दावी गरिएको थियो । यद्यपि प्रहरीले पक्राउ परेका एक जनासँग ६ लाख नगद र ठुलो परिमाणको सुन बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको जानकारी उपलब्ध गराएको छैन । प्रहरीका अनुसार लुटपाट भएकोमध्ये करिब ६५ प्रतिशत बरामद गरिएको बताएको छ ।

चार जनाको समूहमा आएका लुटेराहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटेर लगेको बताइएको छ । आइएमई सञ्चालकले करिब ९ करोड मूल्य बराबरको सुन र नगद लुटिएको दावी गरेपनि प्रहरीले भने त्यति ठुलो परिमाणको नगद र सुन लुटपाट नभएको बताएको छ ।

आइएमई सेन्टरमा कसैले सुन जाकटी राखेको र उक्त सुन लिन आइतबारदेखि नै सम्पर्क गरेको पाइएको छ । आइएमईका सञ्चालक अमरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेको बेला कर्मचारीले आइएमई सञ्चालन गरिरहेका थिए । बिहानै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद र सुन लुटपाट गरिएको थियो । रातोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com