Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सप्तरीमा एउटै छातामा ओत लागेका दुई जनाको चट्याङ लागेर मृत्यु

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
बिहीबार बोदेबर्साइन नगरपालिका-३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो।
गाई वस्तु चराउन गएको समयमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुबैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com