Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक,१५ काठमाडौं । गएराति दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्युभएको छ । गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको जीप र रा २ प ४९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले बताएको छ ।
मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–२ की २६ वर्षीया सविना यादव भने घाइते हुनुभएको छ । उहाँको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com