गोरखामा गोली लागेर मतदान केन्द्रका कर्मचारी घाइते
काठमाडौं ३० वैशाख । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भवन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ। अज्ञात व्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाइते भएकी छिन्।
उनको तिघ्रामा गोली लागेको मतदान अधिकृत बालकुमार नेपालीले बताए। ‘करिब चार बजेर ३५ मिनेट गएको थियो, म र मनिसा थापा सँगै थियौँ, उहाँ एक्कासी ढल्नुभयो, गोली लागेको रहेछ’ उनले भने ‘कसले गोली हान्यो भन्ने यकिन भएको छैन।
Facebook Comment