Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

माघ,१७ कामठाडौं । भक्तपुरको मध्यपुर ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हिजो राति पौने १० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटो आकाशे पुल नजिकै भक्तपुरबाट काठमाडौं जाने हाइवे लेनमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

बागमती ५ ख. २५१ नं. को निशान गाडीको टायर पञ्चर भएर बाटोमा रोकिराखेको थियो। सोही दिशाबाट आउँदै गरेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नं. को मोटरसाइकल अनियन्त्रित भई उक्त गाडीको पछाडि ठोक्किएको हो।

दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय समन भुजेल र २० वर्षीया सोफिया ठकुरी घाइते भएका थिए। भुजेलको उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको राति १० बजे मृत्यु भएको डिएसपी पाठकले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com