Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

छुट्टाछुट्टै सभा सम्बोधन गर्न प्रचण्ड र ओली आज सुनसरी आउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी आउन लागेका छन् ।

एमाले र जसपाको सुनसरी–४ को संयुक्त चुनावी सभा लौकहीमा आयोजना हुँदैछ । उक्त सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्नेछन् । सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट जगदिश कुशियैत र नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की उमेदवार छन् ।

यस्तै धरानलगायतको क्षेत्र पर्ने सुनसरी–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड धरान आउँदैछन् । सभालाई प्रचण्डसँगै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा मुक्साहाङ मेन्याङ्बो प्रतिनिधिसभाका उम्मेदवार छन् । यहाँ एमाले–जसपा गठबन्धनबाट जसपाका असोक राई उम्मेदवार छन् । दलका यी दुई उमेदवारलाई एमालेबाट विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका मनोज मेन्याङ्बोको चुनौती छ । उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com