Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एसिया कप आजबाट सुरु : श्रीलंका र अफगानिस्तान भिड्दै

एसिया कप २०२२ शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र अफगानिस्तानको टोली आमनेसामने हुनेछन् ।
श्रीलंकाको कप्तानी दासुन शनाकाले गर्नेछन् भने अफगानिस्तानको कप्तानी मोहम्मद नाबीले गर्नेछन् । श्रीलंका र अफगानिस्तानबीच हालसम्मको एक मात्र टी२० खेल २०१६ को टी२० विश्वकपमा खेलिएको थियो जहाँ श्रीलंकाले जितेको थियो।

तर, वर्षौंदेखि अफगानिस्तानको टोलीले आफूलाई सुधार्न कडा मेहनत गरेको छ र उनीहरूसँग क्रिकेटको छोटो ढाँचामा ठूलो फरक पार्ने क्षमता छ। यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

यस प्रतियोगितामा १५ दिनभित्र १३ खेल हुनेछन् । पहिलो दुई समुहमा रहेका टोलीले दुई/दुई खेल खेल्नेछन् र पुछारमा रहेको टोली बाहिरिनेछ । यसपछि सुपर फोरका खेलहरू सुरु हुनेछन् र यहाँका दुई उत्कृष्ट प्रदर्शन गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com