भोली सार्वजनिक बिदा
असोज, ३१ काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी भोली देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा हिजो विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले जानकारी दिए ।