Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

देश चलाउन नागरिकले माओवादीलाई रोजेका छन् : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गर्नुभएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा माओवादीलाई नै नागरिकले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले पालिका चुनावबाट देशवासीले देशको राजनीति कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको दाबी गर्नुभएको छ । उहाँले माओवादी नेता, कार्यकर्ताहरुले नागरिकको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मेहनत नगरेको बताउनु भयो । उहाँले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आउँदो चुनावमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गर्नुभयो ।

पार्टीले उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले पालिका चुनावबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आउँदो प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको चुनावमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढङ्गले पार्टी अघि बढ्ने बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर भए र माओवादी र नागरिकको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि बेला सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढङ्गले परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । समाजवादको लागि कम्युनिस्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले व्यावहारिक सङ्घर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com