Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भर्जिनियामा दीक्षान्त समारोह स्थल बाहिर गोली चल्दा दुईको मृत्यु, पाँच जना घाइते

अमेरिकाको भर्जिनियाको रिचमण्डमा एक हाईस्कूलको दीक्षान्त समारोह भइरहेको थियटर अगाडीको पार्कमा अन्धाधुन्ध गोली चलेको छ। सो गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको बीबीसीले जनाएको छ।

मंगलबार साँझ सवा ५ बजे अल्‍ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

मारिनेहरूमा स्नातक कक्षामा अध्ययनरत १८ वर्षीय पुरुष र उनका ३६ वर्षीय बुबा रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको परिचय भने सार्वजनिक गरेको छैन। गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com