Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

प्रहरीको हात भाँचिदिएको आरोपमा एक जना प्रकाउ

माघ,१६ काठमाडौं । पोखरामा सवारी चेकिङमा खटिएका एक प्रहरीको चालकले हातै भाँचिदिएको घटना सार्वजनिक भएको छ। प्रहरीको हात भाँचिदिएको आरोपमा प्रहरीले १ जना चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अटो मोबाइल्स व्यवसायी समेत रहेका सौरभ थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास तिम्सिनाले बताए

घटना गत बिहीबार बिहानीपख ३ बजेतिरको हो। पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि प्रहरीले चेकिङ राखेको थियो। उक्त चेकिङमा खटिएका थिए हवल्दार चित्रबहादुर वली। लापरबाहीपूर्ण तरिकाले गाडी चलाएको देखिएपछि हवल्दार थापाले थापाको मापसे जाँच गर्न खोजेका थिए।

तर, थापाले गाडी रोकेनन्। झन् लापरबाहीपूर्ण तरिकाले गाडी चलाएर भागेको प्रहरीले बताएको छ । जसक्रममा चेकिङमा खटिएका हवल्दार वलीको हातमा गाडीले ठक्कर दिएको प्रवक्ता तिम्सिनाले बताए। थापाले चलाएको गाडीले ठक्कर दिँदा हवल्दार वलीको हात भाँच्चिएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com