Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

युरोपको खडेरी ५०० वर्ष यताकै खराब

युरोपले अहिले कम्तिमा पनि ५०० वर्ष यताकै खराब खडेरी भोगिरहेको युरोपेली संघको एक एजेन्सीले बताएको छन् ।

खडेरीका कारण महादेशका झण्डै दुई तिहाई क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको हो ।
युरोपियन ड्राउट अब्जरभेटरीको अगष्ट रिपोर्टले महादेशको ४७ प्रतिशत हिस्सामा ‘वार्निङ(चेतावनी)’को स्थ्तििमा रहेको र त्यहाँको माटोको चिसोपन सुकेको जनाएको छ ।

त्यस्तै अर्को १७ प्रतिशतमा हिस्सामा ‘अलर्ट(सतर्कता)को स्थितिमा रहेको र त्यहाँको वनस्पतिमा खडेरीको प्रभाव पर्न थालेको रिपोर्टले बताएको छ ।

रिपोर्टका अनुसार अहिलेको खडेरीले अन्न उब्जनीमा असर गर्ने, डढेलो बढाउनेछ । यो स्थिति युरोपको दक्षिण भेगमा अझै कयौं महिनासम्म कायम रहने तिनले बताएका छन् ।

युरोपेली संघका अनुसार खडेरी कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उब्जनीको तुलनामा मकैको उब्जनी १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने बताएको छ ।

युरोपियन ड्राउट अब्जरभेटरी युरोपेली आयोग अन्तरगतको अनुसन्धान विभागको एक शाखा हो । अब्जरभेटरीको तथ्याकं सार्वजनिक भएपछि युरोपेली आयोगले ‘अहिले देखिएको खडेरी कम्तिमा पनि ५०० वर्ष यताकै सबैभन्दा गम्भिर भएको ’ उल्लेख गरेको छ ।

‘खडेरीले औसतभन्दा बढी डढेलो निम्त्याएको छ भने यसले उब्जनीमा पनि असर गर्ने देखिएको छ । हरेक वर्ष जलवायु परिवर्तनका असर थप टड्कारो बन्दै गएको छ,’ अनुसन्धान आयुक्त मरिया ग्याब्रियलले थपिन् ।

रिपोर्टले युरोपका लगभग सबै नदीहरु केही न केही मात्रामा घटेको देखिएको छ । घट्दो नदीले युरोपको नदी पारवाहनलाई मात्र होइन, जलविद्युत आयोजनाको उत्पादनलाई पनि असर गर्न थालेको छ ।

खडेरीले युरोपमा अहिले नै जलविद्युत आयोजनाको उत्पादन २० प्रतिशतले घटेको छ । रिपोर्टका अनुसार परिस्थिति इटाली, स्पेन, पोर्चुगल, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, लक्जेमवर्ग, रोमानिया, हंगेरी, उत्तरी साईबेरिया, युक्रेन, माल्दोभा, आयरल्याण्ड र बेलायतमा खराब बन्दै गएको छ ।

लामो खडेरीका कारण युरोपेली नदीहरु तिव्र गतिमा घटिरहँदा नदीमुनी छोपिएका ऐतिहासिक अवशेष बाहिरबाटै देखिन थालेका छन् । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com