Yeti Khabar

२०८० आश्विन ११, बिहीबार - Thu Sep, 2023 -

वाग्नर समूहका प्रमुख प्रिगोजिन चढेको विमान दुर्घटना : प्रिगोजिनसहित १० जनाको ज्यान गयो

वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ ।

विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री उत्किन पनि रहेका थिए । विमानमा रहेका सबै १० जनाको शव फेला परेको आपत्कालीन सेवा प्रदायकलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जाल अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ । त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ । गएको जुनमा रुसमा यो समूहले विद्रोह गरेको थियो ।राष्ट्रपति भ्लादिमिर पुटिनसँगको समझदारीअनुसार विद्रोहपछि लडाकु समूहका प्रमुख बेलारुस गएको ठानिएको थियो। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com