Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

हमास र इस्लामिक जिहादका सयौँ सदस्य पक्राउ परेका इजरायलको दाबी

इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि  अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।

इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाइएको थियो । यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान शुरु गरेको हो ।

हमासको मातहतमा काम गर्ने गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २० हजार मानिस मारिएको र झण्डै ५० हजार घाइते भएको जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com