Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

१८ लाखको घडी फेला परेपछि शाहरुखलाई विमानस्थल भन्सारले रोक्यो, ७ लाख जरिवाना

बलिउड सुपरस्टार शाहरुख खानलाई मुम्बई एयरपोर्टमा भन्सारले रोकेको छ । एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात एआईयू स्रोतका अनुसार शाहरुख शुक्रबार राति शारजाहबाट फर्किएका थिए । उनीसँग महँगो घडी र कभरहरू थिए, जसको मूल्य १८ लाख रुपैयाँ थियो। यी घडीका लागि शाहरुखले ६.८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने थियो ।

शाहरुख खान शुक्रबार राति करिब १२ः३० बजे निजी चार्टर्ड विमानबाट मुम्बई पुगेका थिए । बिहान करिब १ बजे यहाँ टि–३ टर्मिनलमा रेड च्यानल क्रस गर्ने क्रममा भन्सारले शाहरुख खान र उनको टोलीलाई रोकेको थियो । उनको झोला चेक गर्दा रोलेक्स, स्पीरिट र एप्पलको घडी फेला परेको थियो ।

शाहरुख र उनको म्यानेजर पूजा डडलानीलाई एयरपोर्टमा एक घण्टा लामो अपरेसन पछि छोड्न अनुमति दिइएको थियो, तर शाहरुखका अंगरक्षक रवि र टोलीका अन्य सदस्यहरूलाई हिरासतमा राखिएको थियो। जानकारीका अनुसार शाहरुखका अंगरक्षक रविले साढे ६ लाख रुपैयाँ बढी भन्सार तिरे ।

भन्सार प्रक्रिया पूरा गर्न शनिबार बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेका थिए ।

शाहरुख नोभेम्बर ११ मा यूएईको एक्सपो सेन्टर पुगेका थिए । त्यहाँ उनलाई शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औँ संस्करणमा सहभागी भएकोमा ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com