Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

फागुन,२ काठमाडौं । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि हिजो राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले बताए ।

विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको पाइएको छ, डीएसपी लम्सालले भने ।
स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com