Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार

असार,६ काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका, बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुईजनाले चक्कु प्रहार गरेका हुन् ।

उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेले बताए ।

प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको देखिएको छ ।
‘समूहको विवादमा घटना भएको जस्तो देखिन्छ, दुई जनालाई खोजी गरिरहेका छौं’, घिमिरले भने, ‘अनुसन्धान गरिरहेका छौं ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com