Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जीप दुर्घटना हुदा सात जनाको मृत्यु

कार्तिक,२ काठमाडौं । बझाङमा आज आजदिउँसो भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ । आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताउनु भयो ।

घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले बताएको छ ।

ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड खड्का, २८ वर्षकी वसन्ती धामी, ३८ वर्षका वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिका कठायत र मष्टा गाउँपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेक्युरिटी पदमा कार्यरत झरेन्द्र बोहराको पहिचान खुलेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com