Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ।
गुडिसन पार्कमा गएराति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले एभर्टनमाथि २-१ जित निकालेको हो।
खेलको पाँचौं मिनेटमा नै एलेक्स इओबीले गोल गर्दै एभर्टनलाई सुरूआती अग्रता दिलाएका थिए तर १५ औं मिनेटमा युनाइटेडका एन्टोनीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि एन्थोनी मार्सियाल घाइते भएपछि मैदान प्रवेश गरेका रोनाल्डोले कीर्तिमानी गोल गर्दै युनाइटेटलाई अग्रता दिलाए। खेलको ४४ औं मिनेटमा कासेमिरोको पासमा गोल गर्दै रोनाल्डोले आफ्नो ७०० औं क्लब गोल गरे।

यो गोल रोनाल्डोका लागि सिजनको दोस्रो गोल हो। उनले यसअघि सेप्टेम्बरमा युरोपा लिगमा एफसी शेरिफ विरूद्ध क्लब करियरको ६९९ औं गोल गरेका थिए।

३७ वर्षीय पोर्चुगल फरवार्डको म्यान्चेष्टर युनाइटेडका लागि यो १४४ गोल हो। उनले ३४० खेलबाट यो आँकडा पा गरेका हुन्।
उनले यसअघि रियल मड्रिडका लागि ४३८ खेलबाट ४५० गोल, युभेन्टसका लागि १३४ खेलबाट १०१ गोल र स्पोर्टिङ लिस्बनका लागि ३१ खेलबाट पाँच गोल गर्दै ७०० औं गोलको आँकडा पुरा गरेका हुन्।

पिएसजीका अर्नेटिनी फरवार्ड लिओनल मेसी रोनाल्डोभन्दा ९ गोलले पछि छन्।
यस्तै पोर्चुगलका लागि १९१ खेलबाट ११७ अन्तर्राष्ट्रिय गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनिसकेका छन्।

पहिलो हाफमै २-१ ले अग्रता लिएको युनाइटेडको लागि उक्त स्कोर नै जितका लागि पर्याप्त बन्यो।
जीतपछि युनाइटेड ८ खेलपछि १५ अंक बटुल्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ। एभर्टन भने १० अंकसहित लिगको १२ औं स्थानमा छ।

लिगमा ९ खेलबाट २४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहँदा समान खेलबाट २३ अंक जोडेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ। २० अंक जोडेको टोटनह्याम तेस्रो र १६ अंक जोडेको चेल्सी चौथो स्थानमा छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com