Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

भारतीय ट्राफिक प्रहरीलाई वातावरण अनुकूलित हेल्मेट दिइने

भारतीय ट्राफिक प्रहरीलाई वातावरण अनुकूलित हेल्मेट दिइने भएको छ । विभिन्न राज्यका प्रहरी विभागले उच्च गर्मीमा बीच सडकमा ट्राफिक व्यवस्थापन गर्न खटिने ट्राफिकलाई वातावरण अनुकूलित हेल्मेट दिने तयारी छ ।

४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पनि यो हेल्मेटले शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्नेछ । केही दिनअघि गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिन लागिएको हो ।

हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्छ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पूरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com