Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मोरक्कोमा १८ सय वर्ष पुरानो सहरको अवशेष भेटियाे

मोरक्कोका पुरातत्त्वविद्हरूले मोरक्कोको राजधानी रबातमा रोमन–युगको पुरातन सहर पत्ता लगाएका छन् । यो सहर दोस्रो शताब्दीको हो ।

हालै पत्ता लगाइएको पुरातात्त्विक स्थल प्रसिद्ध चेल्लाह साइटको नजिक अवस्थित रहेको मोरक्कन पुरातत्त्वविद् अब्देलाजीज एल खयारीलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । नयाँ सहर एक बन्दरगाह क्षेत्र रहेको बताइएको छ ।

सहरमा एक ठूलो सार्वजनिक स्नान र एक चिहान क्षेत्रको अवशेष पनि भेटिएको छ । मोरक्कोको युवा, संस्कृति र सञ्चार मन्त्रालयले निकालेको विज्ञप्तिअनुसार उत्खनन र पुरातात्त्विक सर्वेक्षणसहित पुरातात्त्विक अनुसन्धान परियोजना अप्रिलमा प्रारम्भ गरिएको थियो ।  

यो सहरको अवशेषले दोस्रो शताब्दीकाे जीवन बुझ्न सहयोग पुग्ने पुरातत्त्वविद्हरुले बताएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com