उपराष्ट्रपति रामसहायप्रसाद यादव बिरामी
असोज,२५ काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव बिरामी भएका छन्। उनलाई डेंगी लागेको छ। उपराष्ट्रपति यादव सिभिल अस्पताल उपचाररत छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान उपराष्ट्रपति यादवलाई फोन गरेर स्वास्थ्यलाभ कामना गरेका छन्।
‘राष्ट्रपतिज्यूले टेलिफोन गरी उपराष्ट्रपतिज्यूसँग कुराकानी गर्नुभयो। उहाँले उपराष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थाको जानकारीसमेत लिनुभएको छ,’ राष्ट्रपतिको सचिवालयले बताएको छ ।