Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आपराधिक समूहलक्षित कारबाहीमा परि नाै जनाकाे ज्यान गयाे

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्र पारेको छ । 

रियो दि जेनेरियो सहर आसपासमा प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा पेन्हामा आपराधिक समूहलाई लक्षित गरी प्रहरीले कारबाही तीव्र पारेको छ ।

ब्राजिलमा पछिल्ला दिनमा भइरहेका प्रहरी कारबाहीलाई राजनीतिक समर्थन छ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरीबाट भइरहेको कामको समर्थन गर्नुभएको छ । तर यस्तो आक्रमणमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com