Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तय गरे चुनावि अभियान

कात्तिक, ११ काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । ​आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

आजै अध्यक्ष ओलीले क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरीअध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

उता, १४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com