Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

facebook sharing button

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

घाइते सैनिकको नाम खुलाइएको छैन।उक्त सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो।

घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ। हाल निजको अवस्था सामान्य रहेको छ।त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com