Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

निःशुल्क फोहर उठाउँछ तनहुँको भानु नगरपालिका

तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउँछ। नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ।

नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले भने, ‘नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ।’

नगरपालिकाले उठाएको फोहोरमैला वडा नम्बर १ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिन्छ।

सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए ।

सो जग्गा नगरपालिकाले फोहर व्यवस्थापनकै लागि खरिद गरेको हो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com