Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

भरतपुरमा आज सत्ता गठबन्धनको संयुक्त सभा

काठमाडौं २२ वैशाख । सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ ।आज मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने छन् ।

उक्त सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सभालाई सम्बोधन गर्न काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलहिजो नै चितवन पुगिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल विहान ९ बजेको उडानमा चितवन आउन लागेको खनालले बताए । उनका अनुसार गठबन्धनका शीर्ष चार नेताका साथै अन्य १० जना केन्द्रीय नेताको सम्बोधन रहने छ । त्यसका लागि गठबन्धनको जिल्ला संयन्त्र आन्तरिक तयारीमा रहेको खनालले बताए ।

चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com