Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा

असार, १४ काठमाडौं । भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । हिजो रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।

जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनलदे बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकलालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे । उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएको बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com