गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक
काठमाडौं ४ चैत । गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक हुनेगर्छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँदछ। यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ ।
खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको कारण चिनीको मात्रा नियन्त्रणमा रहन्छ । कब्जियतका रोगीका लागि खरबुजा निकै फाइदाजनक मानिन्छ । किनकी यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । यसका साथै, खरबुजामा भिटामिन सी र एन्टिअक्सिडेन्टको स्रोत पनि पाइन्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि विकास गर्छ । । साथै, क्यान्सरबाट पनि बचाउँछ ।