Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाँचजना किशोरी महोत्तरीबाट एकैसाथ सम्पर्कविहीन

कार्तिक,२३ काठमाडौं । महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन भएका छन्। औरही नगरपालिका–२ बाट मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको डिएसपी दीपक गिरीले बताए ।

उनका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका छन्।
उनीहरू कामको सिलसिलामा भारततिर गएको हुनसक्ने प्रहरीको आशंका छ। ‘उनीहरू विपन्न परिवारका हुन्। परिवारको दुःख देखेर भारततिर कामको सिलसिलामा गएको हुनसक्छ। हामी खोजी गर्दै छौं भेटिहाल्छन्,’ डिएसपी गिरीले भने, ‘हराएकामध्ये एक किशोरीले हिजो आमालाई फोन गरेर हामी ठीक छौं नखोज्नूस भनेको कुरा आएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com