Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

आगामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा : प्रकाश शरण

काठमाडौँ १३ चैत । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताएका हुन् ।

‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आ आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । निर्वाचनमा राम्रो नतिज हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत रेहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com