Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बागलुङका पूर्व जनप्रतिनिधि र कर्मचारीविरूद्ध भ्रष्टाचार आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

मिलेमतोमा ढुंगा, गिटी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानिनोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगरप्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य–सचिव काशीराम शर्माविरूद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर संकलन गरी नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रूपैयाँ हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएकाले उनीहरूविरूद्ध मुद्दा दर्ता गरिएको हो।

हानिनोक्सानी पुर्‍याएको रकमको दोब्बर, ३४ लाख ८० हजार एक सय ३२ रूपैयाँ प्रतिव्यक्ति बिगो दाबी गरी मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com