Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन एकीकृत समाजवादीमा छलफल

एकीकृत समाजवादीमा भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा छलफल भएको छ। 

गत १३ पुसमा बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटना जाँचबुझ आयोगको प्रतिवेदनले घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको ठहर गरेपछि पार्टीको आज बसेको बैठकमा उनलाई फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीमा छलफल भएको हो। 

बैठकले आयोगको प्रतिवेदन अध्ययन गरेपछि मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। बैठकमा भएको छलफलबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष प्रमेश हमालले पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने राससलाई जानकारी दिए। 

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीनजनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको पनि उनले जानकारी दिए। (रासस)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com