Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

स्कटल्यान्डसँग हार्यो वेस्ट इन्डिज

आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराउँदै सुखद सुरुवात गरेको छ । स्कटल्यान्डले सोमबार भएको खेलमा वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो ।
स्कटल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११८ रन बनायो ।

जेसन होल्डरले सर्वाधिक ३८ रन बनाए । त्यस्तै केले मेरसले २० रन बनाउँदा बर्नान्डो किङ १७ तथा इभन लुइसले १४ रन जोडे । स्कटल्यान्डका लागि मार्क वटले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्राड ह्वेल र मिचल लेक्सले दुई–दुई विकेट लिए । जोस डावे र सारिफले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनायो ।

स्कटल्यान्डका लागि जर्जि मुन्सेले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कलुम म्याकलोडले २३ रन बनाउँदा मिचल जोन्सले २० रन जोडे । यो जितसँगै समूह बी मा स्कटल्यान्डले पहिले खेलबाट २ अंक जोडेको छ । यता वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com