Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

sharethis sharing button

अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्। स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

 उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ। घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताए।

उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com