Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गाएक तथा सर्जक प्रकाश सपुतलाई माओवादी नेताको धम्की

माओवादी जनयुद्धमा होमिएका जनमुक्ति सेनाको वास्तविक जीवन सँग मिल्दो जुल्दो कथामा आधारित रहेको गीत पिर अहिले चर्चाको शिखरमा रहेको छ ।

गायक प्रकाश सपुतले सृजना गरेको गीत अहिले सामाजिक सञ्जालमा बहसको बिषय बनेको हो । माओवादी आन्दोलनमा आस्था राख्ने केही मानिसहरुले बाहेक सबैले यो गीतको प्रशंसा गरेका छन् । पिर गीत अहिले युटुबको ट्रेडिङ १ मा छ । एक दिनमा २४ लाख भन्दा बढी दर्शकले हेरी सकेकाछन ।

माओवादी लडाकूहरूको वास्तविक घटनालाई टपक्क टिपेर सिंगार गरेका सपुतको गित अहिले विवादित मात्रै भएन सामाजिक सञ्जालमा निकै चर्चाको शिखरमा छ ।

नारीलाई देहव्यापारमा लाग्न बाध्यत्मक अवस्था सिर्जना गरिएको,संगै संगै लडेका कोई आलिसान जीवन बेतित गरिरहेका छन भने धेरै लडाकुहरु ज्यानमा गोली बोकेर खाडीमा पसिना बगाउन बाध्य छन् भन्ने आसयको गीतको भावलाई कलात्मक रूपमा उजागर गरिएको छ ।

चुनाबको मुखैमा यस्तो गीत रिलिज हुनाले माओवादी नेताहरुलाई भने झस्काएको छ । माओवादी भित्रको सत्य कुरा बाहिर आउने डरले धेरै मतदाताको मन भाडिने हो कि भन्ने भयले तर्कलाई कुतर्क बनाई बिभिन्न आशंकामा यो गीतको पछाडि कुनै गिरोहको हात रहेको आशंका व्यक्त गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा गीतको पक्ष र बिपक्ष मा भिषण वाकयुद्ध नै चलेको बेलामा यस गीतका गायक तथा सर्जक प्रकाश सपुत भने अहिले मौन छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com