Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतमा तीन सन्तानको हत्यापछि आमाले पनि गरिन् आत्महत्या

भारतको विहारस्थित गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी छन् ।
जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् ।

छिमेकीहरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन् । घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ । मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com