Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नक्कली पेस्तोल देखाएर तर्साउने एक युवक पक्राउ

असार, १९ काठमाडौं । इलाका प्रशासन कार्यालय परिसरमा सर्वसाधारणलाई नक्कली पेस्तोल देखाएर तर्साउने एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि झन्डै दुई मिटर नजिकैको इलाका प्रशासन कार्यालयमा पेस्तोल देखाएर सर्वसाधारणलाई आतंकित पारेको आरोपमा २० वर्षीय मिलन मगर पक्राउ परेका हुन्।

दगीशरण गाउँपालिका वडा नम्बर ५ का मिलनलाई आइतबार बेलुका साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को प्रशासन कार्यालयको सम्मुखमा रहेको रेस्टुरेन्टनजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक बखतबहादुर शाहीको नेतृत्वको टोलीले मिलनलाई पक्राउ गरेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com